Rule 14
व्यवस्थापन कार्य योजना तर्जुमा गर्ने
(१) प्रत्येक समितिले देहायका कुराहरू खुलाई आफ्नो क्षेत्रमा उपयोग गरिने प्राकृतिक स्रोत, वन्यजन्तुको संरक्षण तथा तिनीहरूको उपयोग, सामुदायिक विकास तथा स्थानीय उपभोक्ताहरूको हित अभिबृद्धि सम्बन्धी व्यवस्थापन कार्य योजना तर्जुमा गरी संरक्षण अधिकृत समक्ष पेश गर्नु पर्नेछ:-
(३) उपनियम (१) बमोजिमको व्यवस्थापन कार्य योजना आफ्नो इलाका अन्तर्गतका समितिहरूबाट प्राप्त गरेपछि संरक्षण अधिकृतले ती व्यवस्थापन कार्य योजनाहरुमा एकरुपता र समन्वय हुने गरी आवश्यक संशोधन गरी प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
(४) इलाका संरक्षण कार्यालयहरु मार्फत समितिहरुको व्यवस्थापन कार्य योजना प्राप्त भएपछि प्रमुखले ती व्यवस्थापन कार्य योजनाहरूसँग समन्वय र एकरुपता हुने गरी देहायका कुराहरु खुलाई विस्तृत व्यवस्थापन कार्य योजना तयार गर्नु पर्नेछ:-
- उक्त गाउँ विकास समिति अन्तर्गत पर्ने संरक्षण क्षेत्रले ओगटेको क्षेत्रफल,
- उक्त गाउँ विकास समिति अन्तर्गतको संरक्षण क्षेत्रमा रहेमा वन्यजन्तु, वनस्पति तथा यस्तै अन्य प्राकृतिक श्रोत वा वन पैदावारको स्थिति,
- स्थानीय उपभोक्ताहरूको संख्यात्मक विवरण र तिनीहरूलाई आवश्यक पर्ने पैदावार,
- व्यवस्थापन कार्य योजना अवधिमा गरिने वृक्षारोपण,
- व्यवस्थापन कार्य योजना अवधिमा उपभोक्ताहरूको सामुदायिक विकास वा अन्य हित अभिबृद्धि सम्बन्धमा संचालन गरिने विस्तृत कार्यक्रमहरू,
- व्यवस्थापन कार्य योजना अवधिमा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा वन्यजन्तु तथा वनस्पतिको संरक्षण र पर्यटन विकास सम्बन्धमा संचालन गरिने कार्यक्रमको विस्तृत विवरण,
- व्यवस्थापन कार्य योजना अवधिमा विभिन्न दस्तूर आदिबाट हुन सक्ने कुल आम्दानी,
- व्यवस्थापन कार्य योजनामा उल्लेखित कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने साधन, स्रोत, जनशक्ति तथा रकम।
(३) उपनियम (१) बमोजिमको व्यवस्थापन कार्य योजना आफ्नो इलाका अन्तर्गतका समितिहरूबाट प्राप्त गरेपछि संरक्षण अधिकृतले ती व्यवस्थापन कार्य योजनाहरुमा एकरुपता र समन्वय हुने गरी आवश्यक संशोधन गरी प्रमुख समक्ष पेश गर्नु पर्नेछ ।
(४) इलाका संरक्षण कार्यालयहरु मार्फत समितिहरुको व्यवस्थापन कार्य योजना प्राप्त भएपछि प्रमुखले ती व्यवस्थापन कार्य योजनाहरूसँग समन्वय र एकरुपता हुने गरी देहायका कुराहरु खुलाई विस्तृत व्यवस्थापन कार्य योजना तयार गर्नु पर्नेछ:-
- संरक्षण क्षेत्रको कुल क्षेत्रफल र सीमाना विस्तारको संभावना,
- संरक्षण क्षेत्र अन्तर्गत हाल गरिएको इलाका विभाजन र व्यवस्थापन कार्य योजना अवधिमा गरिने कुल इलाका विभाजन,
- संरक्षण क्षेत्रभित्र रहेका कुल वन्यजन्तु, वनस्पति तथा यस्तै अन्य प्राकृतिक श्रोत वा वन पैदावारको स्थिति,
- स्थानीय उपभोक्ताहरूको संख्यात्मक विवरण र उनीहरूलाई आवश्यक पर्ने वन पैदावार,
- व्यवस्थापन कार्य योजना अवधिमा गरिने वृक्षारोपण,
- व्यवस्थापन कार्य योजना अवधिमा प्राकृतिक श्रोतको संरक्षण, सम्बर्द्धन, वन्यजन्तु तथा वनस्पतिको संरक्षण, पर्यटन विकास सम्बन्धमा संचालन गरिने कार्यक्रमहरुको विस्तृत विवरण,
- व्यवस्थापन कार्य योजना अवधिमा उपभोक्ताहरूको सामुदायिक विकास वा अन्य हित अभिबृद्धि सम्बन्धमा संचालन गरिने कार्यक्रमहरुको विस्तृत विवरण,
- व्यवस्थापन कार्य योजना अवधिमा विभिन्न दस्तूर आदिबाट हुन सक्ने कुल आम्दानी,
- व्यवस्थापन कार्य योजनामा उल्लिखित कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने श्रोत, जनशक्ति तथा रकम,
- व्यवस्थापन कार्य योजना अवधिमा प्रधान कार्यालय, इलाका संरक्षण कार्यालय र समितिहरू मार्फत व्यवस्थापन कार्य योजना बमोजिम गरिने कार्यगत खर्च र प्रशासनिक खर्चको विवरण ।